aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

हुन्डाईले फेस्टिभ कार्निवल आयोजना गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ असोज २०८०
हुन्डाईले फेस्टिभ कार्निवल आयोजना गर्ने

काठमाडौं । महान चाडबडा दशैं, दिपावली र छठ २०८० को उपलक्ष्यमा  हुन्डाई नेपालले चाडपर्व लक्षित गरी ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत हुन्डाई  फेस्टिभ कार्निवल  सञ्चालन गर्ने भएको छ । कम्पनीले यही आउँदो शुक्रबार असोज १९ गते देखि २१ गते सम्म देशभरका आफ्ना सबै शोरुमबाट सञ्चालन गर्ने भएको हो।  हुन्डाई  फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने छ। 

कार्निवलमा हुण्डाईको सबै शोरुमहरुमा फरक-फरक कार्यक्रमहरु आयोजना गरिनेछ।LIVE Food Stalls, LIVE सांगितिक प्रस्तुति, Kids Play Zone, गाडीसम्बन्धि आवश्यक विभिन्न DIY Tips & Tricks, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा भएको कम्पनीले जनाएको छ । 

त्यस्तै,  ईभि गाडी सम्बन्धि विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभि हाई भोल्टेज ब्याट्री चेकअप ,मोटोर र्याली जस्ता अरु विभिन्न कार्यक्रम संचालन हुने छन् । तिनदिने यस  कार्निवललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन  हुण्डाई TikTok Contest, 'EXTER Treasure Hunt', Daily 'Test Drive & Win' रहेको छ । 

प्रतिक्रिया दिनुहोस