
काठमाडौं । टेक्नोलोजी ब्रान्ड भिभोले नेपालमा आफ्नो फ्ल्यागशिप भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी२९ फाइभजी सार्वजनिक गरेको छ । आज (बिहीबार) काठमाडौंको द मल्ल होटलमा एक कार्यक्रम आयोजना गर्दै भिभोले नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।
भी सिरिजको निरन्तर आविष्कार, आधुनिक डिजाइन र अत्याधुनिक क्यामेरा कार्यक्षमतालाई दर्साउँदै भी२९ फाइभजी हाल नेपालमा उपलब्ध भएको भिभोले जानकारी दिएको छ । भी२९ फाइभजीको सबैभन्दा उत्कृष्ट विशेषतामध्ये १२०हर्ज थ्री डी कर्भ स्क्रिन एक आकर्षक विशेषता भएको र यसले स्मार्टफोन बजारमा स्लिम स्मार्टफोनको नयाँ मापदण्ड कायम गरेको कम्पनीले दाबी गरेको छ ।
यो स्मार्टफोनमा औरा लाइट पोट्र्रेट, ५० एमपी अटोफोकस ग्रुप सेल्फी लगायतका विशेषताहरू समावेश छन्, जसले फोटोग्राफी क्षमतालाई वृद्धि गर्दछ ।
नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका जनरल म्यानेजर माइकलले भिभो सदैव अनुसन्धान र नवीनतालाई प्राथमिकतामा राखेर ग्राहकहरूलाई आकर्षक विशेषताका स्मार्टफोन प्रदान गर्न प्रतिबद्ध रहेको व्यक्त गरेका गरे । उनले भने, ‘भिभोको भी सिरिजले फोटोग्राफी, डिजाइन र कार्यसम्पादन क्षमताले प्रयोगकर्ताहरूलाई निरन्तर आकर्षित गर्दै आइरहेको छ । भी२९ फाइभजीको इमेजिङ र डिजाइनमा भएको विकास यस प्रतिबद्धताको एउटा पाटो हो । यसले मोबाइल फोटोग्राफीलाई पुनः परिभाषित गर्दै स्मार्टफोन बजारमा हाम्रो नेतृत्वलाई सुदृढ बनाउनेमा हामी विश्वस्त छौं ।’
यस्तो छ विशेषता र मूल्य
भिभो भी२९ फाइभजी डिजाइन, क्यामेरा क्षमताहरू र कार्यसम्पादनको उत्कृष्ट संयोजन भएको एक प्रभावशाली स्मार्टफोन हो । यो स्मार्टफोन दुई आकर्षक रंग –पीक ब्लू र नोबेल ब्ल्याकमा उपलब्ध रहेको छ जसले स्टाइल र परिष्कृत स्मार्टफोनको प्रतिनिधित्व गर्दछ ।
यसको पीक ब्लू भेरियन्टमा थ्रीडी म्याग्नेटिक पार्टिकल र नोबेल ब्ल्याक भेरियन्टमा फ्लोराइट एजी ग्लास जस्ता नवीन प्रविधिहरू प्रयोग भएको छ जसले स्मार्टफोनको स्लीक एस्थेटिक डिजाइन लाई वृद्धि गर्दछ । यो स्मार्टफोनको १२० हर्ट्जको थ्रीडी कर्भ्ड स्क्रिनले अल्ट्रा–स्लिम सौन्दर्य डिजाइनसँगै एकीकृत रुपमा इमर्सिभ तथा दृश्यात्मक रूपमा आकर्षक अनुभव प्रदान गर्दछ ।
यसमा ५०एमपी एचडी अटोफोकस क्यामेरा छ जसले क्रिस्प र जीवन्त शटहरू तथा भिडियोहरू लिन मद्दत गर्दछ । यसबाट ग्रुप सेल्फीहरू र उच्च गुणस्तरको भिडियो रेकर्डिङको लागि अटोफोकस ग्रुप सेल्फी तथा सुपर ग्रुप भिडियोको क्षमताहरू पनि प्रदान गर्दछ । यसमा ५०एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, र २एमपी मोनोक्रोम क्यामेरा रहेको छ जसबाट सुक्ष्म तथा डेप्थ दृश्यहरू खिच्न सकिन्छ । स्मार्ट औरा लाइट पोट्र्रेट विशेषताले गर्दा कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरू खिच्न सकिन्छ ।
भिभो भी२९ फाइभजीमा क्वालकम स्न्यापड्रेगन ७७८जी प्रोसेसर रहेको छ जसले सिमलेस पर्फमेन्श प्रदान गर्दछ । यसमा ८० वाट फ्ल्यासचार्ज रहेको छ भने ४६०० हर्ज ब्याट्री छ । यसमा भएको सुपर चार्ज पम्प टेक्नोलोजीले डाउनटाइम घटाउँदै चार्जिङ दक्षता बढाउँछ । भी२९ फाइभजीमा अत्याधुनिक हार्डवेयरको संयोजनले एक प्रभावकारी स्मार्टफोन अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
भिभो भी२९ फाइभजी सौन्दर्य र नवीनताको उत्कृष्ट संयोजन हो, जसले प्रयोगकर्ताहरूलाई अत्याधुनिक तथा आकर्षक विशेषताहरू प्रदान गर्दछ । यसको आकर्षक रङ तथा अल्ट्रा–स्लिम डिजाइनले स्मार्टफोनलाई अझ आकर्षक बनाएको छ । यो स्मार्टफोन देशभर ५९ हजार ९९९ मा उपलब्ध छ ।
यस्ता छन् चाडपर्व अफर
नयाँ स्मार्टफोन सार्वजनिकसँगै भिभोले चाडपर्वको समयलाई अझ विशेष बनाउन आफ्ना ग्राहकहरूका लागि अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म आकर्षक दशैं अफर ल्याएको छ ।
भिभोले ग्राहकहरूलाई आकर्षक पुरस्कारहरू प्रदान गर्दै ‘आयो दशैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार’ अफर ल्याएको हो । यो अफर अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म लागू हनेछ । उक्त अफर अन्तर्गत एक जना भाग्यशाली विजेताले नयाँ भिभो भी२९ फाइभजी जित्न सक्नेछन् भने ग्राण्ड पुरस्कार अन्तर्गत एक जना विजेताले रोयल इनफिल्ड बाइक जित्ने मौका पाउनेछन् ।
यसको साथै, भिभोले तीन भाग्यशाली विजेताहरूका लागि बाई–वान–गेट–वन अफर पनि ल्याएको छ । ६०० देखि १००० ग्राहकहरूले ब्लुटुथ स्पिकर प्राप्त गर्ने छन्, ३,००० देखि ५,००० ग्राहकहरूले भिभोको स्टाइलिश ब्याग, ५००० – ८००० ग्राहकहरूले भिभोको बोतल तथा १०००० – १५००० ग्राहकहरूले रिचार्ज कार्ड प्राप्त गर्न सक्नेछन् । यो अफरमा सहभागी हुन ग्राहकहरूले हरेक भिभो फोनको खरिदमा भिभोदशैं डट कममा रजिष्टर्ड गरी आकर्षक पुरस्कारहरू प्राप्त गर्न सक्ने भिभोले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस