aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

२०० प्रतिशत हकप्रद शेयर विक्री गर्न घलेम्दी हाइड्रोले पायो अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ असोज २०८०
२०० प्रतिशत हकप्रद शेयर विक्री गर्न घलेम्दी हाइड्रोले पायो अनुमति

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडलाई २०० प्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको छ । कम्पनीलाई सेबोनले हाल कायम चुक्ता पूँजीको आधारमा १ बरार २ को अनुपातमा हकप्रद शेयर विक्री गर्न असोज १८ गते अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

हकप्रद शेयर विक्रीबाट संकलित पूँजी सांग्रिला उर्जा लिमिटेडद्वारा प्रवर्द्धिधधत संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयोेजनामा ५१ प्रतिशतभन्दा बढी शेयरमा लगानी गर्ने योजना कम्पनीको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. ५५ करोड रहेको छ । हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू. १ अर्ब ६५ करोड पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस