
काठमाडौं । दशैको लामो दुरीका सवारी साधानका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ सुरु गर्ने सरकारले निर्णय गरेको छ । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित यातायात व्यवस्था विभागमा सरोकारवालासँगको सोमबार सबेको छलफलले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको हो ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार सरकारी निकाय र यातायात व्यवसायीबीच सहमति २२ गतेदेखि यात्रुका लागि अग्रिम टिकट खुल्नेछ । महासंघका उपाध्यक्ष सरोश सिटौलाका अनुसार यातायात व्यवसायीले चाडवाडको मुखमा सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरिदिनुपर्ने अडान राखेको बताए । तर, सरकारले तत्कालका लागि भाडादर समायोजन गर्न नसक्ने बताएपछि पुरानै भाडादर कायम हुने गरी अग्रिम टिकट काट्ने सुविधा खुल्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस