
काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाले लाभांश वितरणको मिति तय गरेका छन् । असोज १२ गते लाभांश प्रयोजनका लागि बुक क्लोज गरिसकेका एनएमबी फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल–१ ले लाभांश वितरणको मिति तय गरेका हुन् ।
एनएमबि हाईब्रिड फण्ड एल–१ ले असोज २१ गतेदेखि र एनएमबि फिफ्टीले असोज २२ गतेदेखि लाभांश वितरण गर्न लागेका हुन । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट एनएमबी फिफ्टीले कर समेत १५ प्रतिशत र एनएमबि हाईब्रिड फण्ड एल–१ ले पनि कर समेत १५ प्रतिशतनै प्रतिफल वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजनाको रुपमा सञ्चालित एनएमबी फिफ्टीले १२ करोड ५० लाख इकाई जारी गरेको हो । त्यस्तै सात बर्षे अवधिकै बन्दमुखी प्रकृतिको एनएमबि हाईब्रिड फण्ड एल–१ ले भने १० करोड इकाई जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस