aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आरएसडिसी लघुवित्तले प्रस्ताव गर्‍यो लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ असोज २०८०
आरएसडिसी लघुवित्तले प्रस्ताव गर्‍यो लाभांश

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव गरेको छ । असोज १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कुल ९ दशमलव शून्य ५३ प्रतिशत प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कुल लाभांशमध्ये ८ दशमलव ६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

कम्पनीले गत वर्षको तुलनामा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस