aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एसवाइएमको दशैं अफर : टु-ह्वीलरमा १५ हजार थप मूल्यांकन र ५० हजार छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ असोज २०८०
एसवाइएमको दशैं अफर : टु-ह्वीलरमा १५ हजार थप मूल्यांकन र ५० हजार छुट

काठमाडौं । केजी इन्टरकन्टिनेन्टल प्रालि काठमाडौंले दशै अफर दशैं अफर घोषणा गरेको छ । १२ दिनसम्म चल्ने उक्त अफरसहितको एक्स्वेन्ज क्याम्पमा सहभागी भएर लाभ लिन प्रालिले सम्पूर्ण मोटरसाइकल पारखीमा आह्वान गरेको छ ।

असोज २२ गतेदेखि कात्तिक ३ गतेसम्म कायम रहने सो अवसरमा दुईपाङ्ग्रे (टु-ह्वीलर) सवारीसाधन बिक्री गर्दा बजारमूल्य भन्दा १५ हजार रुपैयाँ थप मूल्यांकन हुने र खरिद गर्दा ५० हजार रुपैयाँ नगद छुट पाइने सो कम्पनीकी जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन्‌ । ‘यो अफर काठमाडौं क्षेत्रका ग्राहकको सुविधालाई ध्यानमा राख्दै अफर ल्याएका हौँ,’ खत्रीले भनिन्‌ ।

एसवाईएमको एनएचटी२०० बाइक नेपाली बजारमा छोटो समयमा लोकप्रिय रहेको खत्री बताउँछिन्‌ ।  कम्पनीले केही वर्षदेखि विश्वको प्रशिद्ध ब्राण्डहरूलाई नेपालमा भित्र्याउँदै आइरहेको छ ।

बिक्रीसँगै बिक्री पछिको सेवालाई मध्यनजर गरी सर्भिस सेन्टर स्थापना र स्पेयर्स पार्टसको उपलब्धतालाई ध्यान दिइरहेको खत्रीले जानकारी दिइन्‌ । ‘हाम्रो मुख्य उद्देश्य नै ग्राहकलाई सन्तुष्ट बनाउनु हो,’ उनले भनिन्‌, ‘सर्भिस र स्पेयर्स पार्टस्‌ सुपथ मूल्यमा उपलब्ध गराउँछौं ।’

काठमाडौंमा कमलपोखरी, टेकु, चाबहिल र बनेपा तथा संखुवासभा, इलाम, पोखरा, चितवन एसवाईएमको शोरुम सञ्चालनमा छन्‌ । एसवाईएम ताइवानको कम्पनी हो । यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको खत्रीको दाबी छ ।

यो बाइक १८३ सिसीमा बजारमा उपलब्ध छ । एफआई इन्जिन, लिक्किड कुलिङ इन्जिन, सिट हाइट ८१०एमएम, फ्युल ट्याङक ११ लिटर लगायतका विशेषता यसमा छन्‌ । अत्याधिक पावर १३.५ किलोवाट, ८५०० आरपिएम, अत्याधिक टर्क १५७ एमएम र ७५०० आरपिएम छ । ६ वटा गियर स्पिड, डवल च्यानल एबिएस ब्रेकिङ सिस्टम लगायतका विशेषता पो मोटरसाइकलमा रहेका छन्‌ । अगाडिको टायर साइज १००/९०-१९ र पछाडिको टायर साइज १३०/८०-१७ रहेको खत्रीले जानकारी दिइन्‌ ।

यो बाइकमा फुल एलइडी लाइट छ । १२५ किमी पर आवर हाइस्पिड क्षमता छ । बाइकको माइलेज पनि राम्रो रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस