
काठमाडौं । दशैको लामो दुरीका सवारी साधानका लागि सोमबार आजदेखि अग्रिम टिकट बुकिङ सुरु भएको छ । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित यातायात व्यवस्था विभागमा सरोकारवालासँगको गत सोमबार बसे बैठकले गत शुक्रबार असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको थियो ।
महासंघका उपाध्यक्ष सरोज सिटौलाका अनुसार यातायात व्यवसायीले चाडवाडको मुखमा सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरिदिनुपर्ने अडान राखेको थियो । तर, सरकारले तत्कालका लागि भाडादर समायोजन गर्न नसक्ने बताएपछि पुरानै भाडादर कायम हुने गरी अग्रिम टिकट काट्ने सुविधा खुल्ने भएको हो ।
अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दशैंको अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दशैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् ।
दशैंमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस