aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

घलेम्दी हाइड्रोले तय गर्यो बुक क्लोजको मिति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ असोज २०८०
घलेम्दी हाइड्रोले तय गर्यो बुक क्लोजको मिति

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कात्तिक ३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हाल कायम चुक्ता पूँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि असोज १८ गते अनुमति पाएको थियो ।

हकप्रद शेयर निष्कासनको मिति भने तय हुन बाँकी छ । कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । बुक क्लोजको आधारमा कात्तिक २ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् । 

हाल कम्पनीको चुक्ता पूँजी रू. ५५ करोड छ । हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात चुक्ता पूँजी रू. १ अर्ब ६५ करोड पुग्नेछ । सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवद्र्धित संखुवासभास्थित छुजुङ्ग खोला जलविद्युत् आयोजनामा लगानी गर्नका लागि कम्पनीले हकप्रद मार्फत पूँजी जुटाउन लागेको हो । 
 

प्रतिक्रिया दिनुहोस