aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अरुण काबेली पावरको २० लाखभन्दा बढी कित्ता हकप्रद शेयर लिलामीमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ असोज २०८०
अरुण काबेली पावरको २० लाखभन्दा बढी कित्ता हकप्रद शेयर लिलामीमा आउने

काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडको २० लाख १४ हजार ८१७ कित्ता हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । सो अवधिमा वितरण हुन नसकेको उल्लेखित कित्ता हकप्रद शेयर कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गर्ने भएको हो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ७८ हजार २०३ जना आवेदकहरूलाई १ करोड ६५ लाख ३७ हजार २८८ कित्ता हकप्रद शेयर कम्पनीले असोज १९ गते बाँडफाँट गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको आधारमा प्रतिशेयर एक सय रूपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । विक्री हुन नसकेको हकप्रद शेयर समेत विक्री तथा बाँडफाँटपछि  कम्पनीको चुक्तापूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ कायम हुनेछ ।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजननका लागि असार २५ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार २४ गतेसम्म कायम शेयरधनीहरूमा मात्र हकप्रद शेयर बाँडफाँट गरिएको हो ।  हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम असोज २४ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गरिने जानकारी विक्री प्रबन्धकले दिएको छ ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले मेची पाँचथर र ताप्लेजुङ जिल्ला बीच भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पुरा गरी २०७६ साल कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस