aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सानिमा इक्वीटी फण्डले वितरण गर्यो लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ असोज २०८०
सानिमा इक्वीटी फण्डले वितरण गर्यो लाभांश

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सानिमा इक्वीटी फण्डले यस वर्षको लाभांश वितरण गरेको छ । फण्डले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कर समेत १८ प्रतिशत नगद लाभांश वितरण गरेको हो । 

लाभांश प्रयोजनका लागि फण्डले असोज १४ गते बुक क्लोज गरेको थियो । असोज १३ गतेसम्म कायम इकाईधनीहरूका लागि असोज २२ गतेदेखि लाभांश जम्मा गरिएको हो । इकाई धितो राखी कर्जा लिएका इकाईधनीहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपछि मात्र बैंक खातामा लाभांश जम्मा गरिने जानकारी फण्डले दिको छ । 

बैंक खातामै नगद लाभांश जम्मा गरिने भएकाले हालसम्म हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका इकाईधनीहरूलाई यथासिघ्र गराउन समेत फण्डले आग्रह गरेको छ । गत वर्षको तुलनामा यस वर्ष फण्डको प्रतिफल कम रहेको छ । गत वर्ष कर समेत २२ प्रतिशत प्रतिफल वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस