
काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको २ करोड ३४ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । बुधवार देखि कम्पनीको आईपीओ कारोबारमा आउनेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ९५ दशमलव ०९ देखि २८५ दशमलव २७ ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले सर्वसाधारण शेयरधनीसहित वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी सहित २९ लाख ३६ हजार २५ कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको २ करोड ४ लाख ७५ हजार कित्ता गरेर कुल २ करोड ३४ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । शेयर सूचीकरण पश्चात दिनुपर्ने सेवा कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेड लाजिम्पाटबाट हुने जानकारी दिएको छ । कम्पनीको स्टक सिम्बोल एचएटिएचवाई रहेको छ ।
प्रतिक्रिया दिनुहोस