
काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको कुल १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता साधारण शेयर सूचीकृत भएको हो ।
सूचीकृत भएसँगै कम्पनीको आईपीओ बुधवारदेखि कारोबारयोग्य भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १२४ रूपैयाा ४२ पैसादेखि ३७३ रूपैयाँ २६ पैसासम्मको ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ ।
कम्पनीले सर्वसाधारण शेयरधनीसहित वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरू र कर्मचारीसहित १६ लाख ३६ हजार ३७० कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको १ करोड २० लाख कित्ता गरेर कुल १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
शेयर सूचीकरणपश्चात दिनुपर्ने सेवा काठमाडौंको लाजिम्पाटस्थित एनआईएमबि एस क्यापिटल लिमिटेडबाट दिने कम्पनीले जानकारी दिएको छ । कम्पनीको स्टक सिम्बोल एमएएनडियु रहेको छ ।
प्रतिक्रिया दिनुहोस