aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बुधवार दुई कम्पनीको आईपीओ सूचीकृत, बिहीवारदेखि कारोबारमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असोज २०८०
बुधवार दुई कम्पनीको आईपीओ सूचीकृत, बिहीवारदेखि कारोबारमा आउने

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । भगवती हाइड्रोपावरको ५७ लाख २० हजार ६४७ कित्ता र मिड सोलुको ७४ लाख ८४ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव यी दुबै कम्पनीको शेयर भोलि अर्थात बिहीवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । 

भगवती हाइड्रोपावरको आईपीओलाई नेप्सेले पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १२० दशमलव ४१ देखि ३६१ दशमलव २३ ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर भोलि देखि दोस्रो बजारमा आउनेछ । कम्पनीले सर्वसाधारण शेयरधनीसहित वैदेशिक रोजगारीमा गएका नेपाली,सामूहिक लगानी कोष , स्थानिय बासिन्दाहरु र कर्मचारी सहित १४ लाख ३० हजार १६२ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ४२ लाख ९० ४८५ कित्ता गरेर कुल ५७ लाख २० हजार ६४७ कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 

शेयर सूचीकरण पश्चात दिनुपर्ने सेवा कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल काठमाडौंबाट हुने जानकारी दिएको छ । कम्पनीको स्टक सिम्बोल बिजिडब्लुटि रहेको छ । त्यस्तै मिड सोलु हाइड्रोपावरको आईपीओलाई नेप्सेले पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १०० देखि ३०० सम्मको ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर भोलि देखि दोस्रो बजारमा आउनेछ । 

कम्पनीले सर्वसाधारण शेयरधनीसहित वैदेशिक रोजगारीमा गएका नेपाली,सामूहिक लगानी कोष , स्थानिय बासिन्दाहरु र कर्मचारी सहित १४ लाख ९६ हजार ८ सय कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५९ लाख ८७ हजार २ सय कित्ता गरेर कुल ५९ लाख ८७ हजार २ सय कित्ता साधारण शेयर सूचीकृत गराएको हो । शेयर सूचीकरण पश्चात दिनुपर्ने सेवा कम्पनीले एनआईसी एशिया  क्यापिटल लिमिटेड थापाथली काठमाडौंबाट हुने जानकारी दिएको छ । कम्पनीको स्टक सिम्बोल एमएसएचएल रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस