
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर बुधवार सूचीकृत भएको छ । कम्पनीले सुनकोशी हाइड्रोपावर कम्पनीलाई प्राप्तीपछि कायम हुन आएको २५ हजार कित्ता शेयर सूचीकृत गराएको हो । सुनकोशी हाइड्रोलाई कम्पनीले १ बराबर शून्य दशमलव २५ को अनुपातमा प्राप्ति गरेको हो । बुधवार सूचीकृत कम्पनीको शेयर बिहीवारदेखि कारोबारयोग्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस