
काठमाडौं । पछिल्लो समय पाँच कम्पनीहरूले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सबोन) मा निवेदन दिएका छन् । जगदम्बा स्टिल,एसवाई प्यानल, माविलुङ इनर्जि लिमिटेड, एपेक्स हस्पिटालिटी र याम्बालिङ्ग हाइड्रोपावरले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन ।
यी पाँच कम्पनीहरुमध्ये जगदम्बा स्टिलले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न असोज १७ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीले अंकित मूल्य १ सय रुपैयामा २ सय रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ३ सय रुपैयाँमा २ करोड ७० हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
याम्बालिङ्ग हाइड्रोपावरले २८ लाख कित्ता आईपीओ निष्कासन गर्न असोज १० गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै एपेक्स एपेक्स हस्पिटालिटी २४ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि असोज १२ गते निवेदन दिएको हो । विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
माविलुङ इनर्जिले १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न असोज १४ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । एसवाई प्यानलले ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न अुोज १९ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यी पाँचओटै कम्पनीले सेबोनबाट अनुमति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस