
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले यौनहिंसा रोक्ने सन्देशसहित नेपाल आएका दुई भारतीय महिला बाइक राइडरलाई स्वागत गरेको छ । ‘स्टप सेक्स्युअल भोइलेन्स’ नारासाथ भारतीय दुई महिला बाइक राइडर स्वाती आर र अनिता एम काठमाडौं आइपुग्दा बैंकले स्वागत गरेको हो ।
बाइक राइडरलाई केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा स्वागत गरिएको बैंकले जानकारी दिएको छ । स्वागत कार्यक्रममा बैंकका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र बैंकका संस्थापक शेयरधनी हेमन्तकुमार प्रसादलगायत सहभागी थिए ।
स्वागत कार्यक्रमले स्टप सेक्स्युअल भोइलेन्स भन्ने नारा बोकेर हिँडेका उक्त बाइक राइडरलाई प्रेरणा मिल्ने र सो सन्देशले नेपालमा समेत जनचेतना फैलाउने विश्वास लिइएको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस