काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र प्राप्त नेपालकै पहिलो पहिलो पब्लिक लिमिटेड कम्पनी फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।
साधारण सभामा संस्थापक समूहबाट रिक्त संचालक पदमा बिराटनगर–१२, मोरङ्ग निवासी नमिता शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गर्यो । साथै, सामान्य प्रस्तावतर्फ सञ्चालक समितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन, २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त हुने प्रस्ताव पारित गर्यो ।
यसैका साथ, विशेष प्रस्ताव तर्फ सर्वसाधारणलाई शेयर निष्काशन ,कम्पनी गाभ्ने वा गाभिन, विदेशी साझेदार वा लगानीकर्ता भित्राउन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्यो । उक्त समारोहमा संस्थालाई योगदान पुर्यााउने संस्था, व्यक्ति तथा कर्मचारीहरूलाई सम्मान प्रदान समेत गर्यो ।
फेडेरल युनाइटेड रजिष्ट्रार अफ सिस्टम (यूआरएस), बेलायतबाट आइएसओ ९००१ः२०१५ गुणस्तर प्राप्त गर्ने नेपालको पहिलो र एकमात्र पुनर्बीमा दलाल कम्पनी हो ।
प्रतिक्रिया दिनुहोस