
काठमाडौं । कमर्सियल गाडीहरुको विक्री वितरणमा नेपालको स्थापित डिलर शशिला मोटर्स् प्रालिले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ । जसका लागि प्रालिले शुक्रवार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसंग सम्झौता गरेको हो । हाइगर बस कम्पनी लिमिटेडले बिश्वका १ सय ३० भन्दा धेरै देशहरुमा आफ्नो उपस्थिती जनाएको हो ।
हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’ को उपाधि प्राप्त गर्न सफल बहुचर्चित तथा सुप्रसिद्ध ब्राण्ड हो । यो सम्झौतासंगै शशिला मोटर्स् प्रा.लि. हाइगर भ्यानको नेपालका लागि एकमात्र आधिकारक बितरक बनेको छ । सुरुमा प्रालिले १६ सिट क्षमताका इभी मिनि भ्यान र मिनिवस नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ ।
जुन वातावरण मैत्री तथा ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने र मिनिबस रेञ्जहरुमा ग्राहकको पहिलो रोजाइ बन्न सफल हुने शशिला मोटर्सका प्रवन्ध निर्देशक सन्तोष खतिवडाको विश्वास छ ।
हाइगर इभी भ्यानका प्रमुख बिशेषताहरुमा नेपालकै पहिलो १६ सिट क्षमताको इभी भ्यान, सिङ्गल चार्जमा २५० कि.मि. रेञ्ज, ७० कि.वा. आवर ब्याट्री, कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक र १६ सिट क्षमताको इभीमा सहज यात्राका लागि आरामदायी सिट एवं पर्याप्त खुल्ला ठाँउ लगायत छन् ।
प्रतिक्रिया दिनुहोस