aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

वेस्टर्न युनियनको ‘दशैँमा १० गुणा’अभियानको लक्की ड्र नतिजा सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असोज २०८०
वेस्टर्न युनियनको ‘दशैँमा १० गुणा’अभियानको लक्की ड्र नतिजा सार्वजनिक

काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ पर्वको शुभ अवसरमा जारी गरेको ‘दशैँमा दश गुणा’अभियानको दोस्रो लक्की ड्र को नतिजा सार्वजनिक गरेको छ ।

योजनाको दोस्रो हप्तामा वेस्टर्न युनियन मनी ट्रान्सफरबाट  रेमिटेन्स प्राप्त गरेका ग्राहकहरूको मध्ये ८ जनाले २५ हजार रुपैयाँसम्मको कारोबार रकममा दुई गुणा प्राप्त गरेका छन् ।

रोभयाडा खातुन, मो नसिबुल रेन, मीरा केशी, रामकुमार लिम्बु, मंगल तामाङ, मेनुका गिरी, आयुब खान र बिल्टु मंडल लक्की ड्र का विजेता बनेका हुन्‌ ।

योजनामा सहभागी हुन ग्राहकहरूले वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका भुक्तानी काउन्टरहरूबाट आफ्नो रेमिटेन्स प्राप्त गर्नुपर्नेछ । अभियान अवधिका प्रत्येक कारोबारहरू स्वतस् रुपमा साप्ताहिक र बम्पर ड्र को लागि समावेश हुनेछन् । यो योजना नेपालभर असोज ८ गते देखि सुरु भइ मंसिर १०, २०८० सम्म लागू हुने वेस्टर्न युनियन मनी ट्रान्सफरले जानकारी दिएको छ।

योजना अन्तर्गत आठ हप्तासम्म ६४ ग्राहकहरूले २५ हजार रुपैयाँसम्मको कारोबारमा दुई गुणा र सो भन्दा बढीको कारोबारमा २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसका साथै बम्परमा ग्राहकले एक लाख रुपैयाँसम्मको कारोबारमा दश गुणा प्राप्त गर्नेछन् भने ५० हजार रुपैयाँभन्दा कम कारोबारमा निश्चित पुरस्कार पाँच लाख रुपैयाँ प्राप्त गर्ने सो कम्पनीले जनाएको छ । यदि विजेताको कारोबार रकम एक लाख रुपैयाँभन्दा बढी भएमा विजेताले निश्चित पुरस्कार रकम १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस