aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

निस्दीको ज्यामिरे केन्द्रीय प्रसारण लाइनमा जोडियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ असोज २०८०
निस्दीको ज्यामिरे केन्द्रीय प्रसारण लाइनमा जोडियो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–७ मा विद्युत् सेवा पुगेको छ । वर्षौंदेखि विद्युत् सेवाका पर्खाइमा रहेका यहाँका स्थानीय केन्द्रीय प्रसारण लाइन पुगेपछि  खुसी भएका छन् । जिल्लाकै विकट, ग्रामीण भेग, पूर्वी पाल्पामा अवस्थित यस क्षेत्रमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा विस्तार गरिएको छ । 

ज्यामिरे, मोटेखरक, अधमारा, सिन्दुरे, सिमलडाँडा र मोटेखरकमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा विस्तार गरिएको वडाध्यक्ष मुक्तबहादुर पाटाले बताए । गाउँका करिब ४५ घरपरिवारमा विद्युत् सेवा पुगेको छ । सामुदायिक विद्युत् उपभोगका लागि हरेक वर्ष रकम बुझाउँदै आएका यहाँका स्थानीय केन्द्रीय लाइनसँग जोडिन पुगेपछि धेरै सहज भएको छ । 
      
निस्दी गाउँपालिका र स्थानीयको अथक प्रयासले गाउँमा विद्युत् सेवा पु¥याउन सफल भएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु जानकारी दिए । पालिकाभित्र बाँकी रहेका स्थानमा केन्द्रीय प्रसारण लाइनको सेवा विस्तार गर्ने उनले बताए । निस्दीको बेभोके, रोल्लाबास, मदनपुरलगायतका टोलमा विद्युत् विस्तारका लागि खम्बा गाड्ने र तार तान्ने काम भइरहेको छ । विद्युत् सुविधाको पहुँच पुगेपछि गाउँमा बत्ती बाल्न, विद्यार्थीलाई पढ्न, मोबाइल चार्ज गर्न, रेडियो, टेलिभिजन प्रयोग, कुटानीपिसानी मिल सञ्चालन गर्न सजिलो भएको छ । 

यसअघि सामुदायिक विद्युत् प्रसारण लाइनबाट निस्दी गाउँपालिकाभित्रका चारघरे, घुल्लीखरक, पोखरीछाप, हुवास र दार्सिङबासमा विद्युत् सेवा पुगिसकेको छ ।  

प्रतिक्रिया दिनुहोस