
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नयाँ सम्पत्ति बीमा निर्दशिका जारी गरेको छ । प्राधिकरणले ‘सम्पत्ती बीमा २०८०’ सम्बन्धि निर्देशन जारी गरेको हो । नयाँ सम्पत्ती बीमा निर्देशन २०८० कात्तिक १ गतेबाटै लागू हुने छ ।
जारी गरिएको नयाँ सम्पत्ति बीमा निदेशिकामा भौतिक सम्पत्तीको मात्रै बीमा गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ । कुनै पनि बीमा कम्पनी अभौतिक सम्पत्तिको बीमा गराएमा यस्तो बीमा गैर कानुनी मानिनले प्राधिकरणको नयाँ निर्देशिकामा उल्लेख छ ।
तर, अभौतिक सम्पत्तीसँग जोडिएका वा गाँसिएका अन्य भौतिक संरचनाको भने बीमा गर्न पाइने व्यवस्था बीमा प्राधिकरणको निर्देशनमा उल्लेख गरिएको हो । अभौतिक सम्पत्तीका लागि प्रयोग गरिने भवन वा जग्गाको भने बीमा गर्न पाउने व्यवस्था ल्याइएको हो ।
त्यस्तै, बीमा गरिएको उद्योग भित्र अन्य उत्पादन पनि हुने भएमा उच्च जोखिम हुने बस्तुका बीमा गर्न पर्ने व्यवस्था गरिएको छ । त्यस्तै, बीमा कम्पनीहरुले बीमा गर्ने सम्पत्तिको मूल्य कायम गर्न पाउने भए पनि उनीहरुले सम्पत्ती रहेको जमिनको भने मूल्य कायम गर्न नपाउने बीमा प्राधिकरणको निर्देशनमा उल्लेख गरिएको छ ।
त्यस्तै, यो बीमा लेख जारी भएपछि कम्पनीहरुले अग्नी बीमालेख, ज्वेलरी ब्लक बीमालेख, गार्हस्थ बीमालेख तथा त्यस्ता बीमाको नाममा कुनै पनि बीमालेख जारी गर्न नपाइने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस