aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० असोज २०७६
जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा आज दिउँसो भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । अर्घाखाँचीको सन्धीखर्क–६ मा जीप दुर्घटना हुँदा  ६ जना घाइते छन् । मृत्यु हुने र घाइतेको सनाखत भएको छैन । कृष्णनगरबाट सन्धीखर्कतर्फ आएको लु १ ज ३२९ नम्बरको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ ।

 कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्कतर्फ आउँदै गरेको लु१ज ४३२९ नंको जीप दुर्घटनामा परेको हो । घटनास्थलबाट तीन जनाको शव भेटिएको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए । 

घटनास्थलबाट पाँच जना घाइतेलाई उपचारका लागि सन्धिखर्क ल्याउँदै गरिएको र घटनास्थलतर्फ आफूहरु जाँदै गरेको प्रमुख जिल्ला अधिकारी  विजयराज पौडेलले जानकारी दिएका छन । 

प्रतिक्रिया दिनुहोस