aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

होटल फरेष्ट इनले आईपीओ जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असोज २०८०
होटल फरेष्ट इनले आईपीओ जारी गर्ने

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ । असोज २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रस्ताव सहित कात्ति ११ गते विशेष साधारण सभा बोलाएको छ । 

लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडौंमा साझ ५ बजे कम्पनीले सभा गर्न लागेको हो । सभाले आईपीओ निष्कासन प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारित गर्ने जानकारी कम्पनीले दिएको छ । यो होटल बुढानिलकण्ठ, काठमाडौंमा रहेको छ । धितोपत्र दोस्रो बजारमा हाल होटल तथा पर्यटन क्षेत्रका ६ कम्पनीहरू सूचीकृत रहेका छन् । 

होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरूको शेयरमा लगानीकर्ताको आकर्षण बढीनै रहेको देखिन्छ । होटल फरेष्टको आईपीओले समेत धितोपत्र दोस्रो बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास लगानीकर्ताहरूको छ ।

प्रतिक्रिया दिनुहोस