
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको थियो । आर्थिक वर्ष २०७९/८० बाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यो लाभांश मंसिर ११ गतेसम्म कायम भएका शेयरधनीहरुले पाउनेछन् ।
उक्त लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस