aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

खाद्यले मंगलबारदेखि खसीबोका र च्याङग्रा बिक्री गर्ने, यस्तो छ मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असोज २०८०
खाद्यले मंगलबारदेखि खसीबोका र च्याङग्रा बिक्री गर्ने, यस्तो छ मूल्य

काठमाडौं ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मंगलबारदेखि खसीबोका र च्यांङ्ग्रा बिक्री गर्ने भएको छ । जसका लागि कम्पनीले मूल्य निर्धारण समेत गरेको छ । 

कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदी आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भोलीदेखि बिक्री गरिने निर्णय गरेको हो । जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ६८० कायम गरेको छ । त्यस्तै, च्याङ्ग्राको मूल्य प्रतिकेजी एक हजार २६० रुपैयाँ निर्धारण गरिएको उनले जानकारी दिईन् ।  

उक्त खसीबोका र च्यांङ्ग्रा बिहान ८ बजेदेखि नै खरिद गर्न सकिने भएको छ । खरिदका लागि कम्पनीको प्रादेशिक कार्यालय थापाथलीमा जानु पर्ने कम्पनीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस