
काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । असोज २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी २६ करोड ४० लाख रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी कम्पनीले दिएको हो । यस अघि असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।
प्रस्तावित २०० प्रतिशत हकप्रद शेयर विद्युत नियमन आयोगबाट स्वीकृति लिई आगामी साधारण सभाबाट पारित गराउने निर्णय पनि कम्पनीले गरेको छ ।
प्रतिक्रिया दिनुहोस