काठमाडौं । नेपालका लागि अमेरिकी एसयुभी ब्रान्ड जीपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आफ्नो सेभेन सिटर एसयुभीजिप मेरिडियनका डेलिभरी सुरु गरेको छ । जीपले काठमाडौं नक्सालस्थित सोरुममा सोमबार आयोजना गरेको विशेष डेलिभरीमा एकै दिनतीनवटा मेरिडियन ग्राहकलाई हस्तान्तरण गरेको हो ।
जिप मेरिडियन लेजेन्डरी एसयुभी ब्रान्ड जीपको फोर बाई फोर क्यापाबिलिटी भएको पहिलो सेभेनसिटर एसयुभी हो । नेपालमा मेरिडियनको टप भेरियन्टलिमिटेड (ओ) मात्र उपलब्ध हुने जसमा २.० लिटरको ‘मल्टिजेट डिजेल इन्जिन’ रहेको कम्पनीको दावी छ । यसको ‘नाइन–स्पिड अटोमेटिक ट्रान्समिसन’ले १६८ बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यसमा ‘स्यान्ड’, ‘मड’, ‘स्नो’ र ‘अटो अप्सन’ रहेको ‘सेलेक–टेरेन’सहितको जिपको ‘लेजेन्डरी फोर बाई फोर सिस्टम’ रहेको छ ।
‘जिप मेरिडियन ‘एड्भेन्चर’ र ‘सोफिस्टिकेसन’को अनुपम मिश्रणहो जसमा धेरै ‘सेग्मेन्ट–फस्र्ट’ फिचरहरु छन् र यो ‘अनरोड’ र ‘अफरोड’दुवैका लागि क्षमतावान् छ,’एमएडब्लु लाइफका सिइओ जोजु जोस थट्टिलले भने, ‘पछिल्ला केहीवर्षमा नेपाली अटो बजार सुस्त भएपनि जीपले नेपालमा आफ्नो विक्रीको गतिलाई कायम राखेकोमा हामी खुशी छौं । देशको अर्थतन्त्रको नकारात्मक प्रभाव अटो क्षेत्रमा भएपनि हामीले यो आर्थिक वर्षको पहिलो त्रैमासिकको सेल्स टार्गेटलाई हासिल गर्न सफल भएका छौं ।’
जिप मेरिडियन कठोर भौगोलिक अवस्थाका लागि जबरदस्त मात्र छैन सुन्दर पनि छ । जीपको ‘आइकनिक सेभेन–स्लटग्रिल’, ‘डीआरएल’सहितको ‘पावरफुल एलइडी प्रोजेक्टर हेडल्याम्प’, ‘बम्परमा राखिएका सिल्भर लाइनहरु र ‘क्रोमफिनिस’ले मेरिडियनलाई आधुनिक ‘एसयुभी’को रुप दिएको छ ।
मेरिडियनमा जीपको ‘यु–कनेक्ट’जडित १०.१ इन्चको टचस्क्रिन, १०.२ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्टक्ल स्टर’, ‘पानोरामिक सनरुफ’, ‘वायरलेस स्मार्ट कनेक्टिभीटी’, ‘वायरलेस फोन चार्जिङ’, ‘डुअल–जोन क्लाइमेट कन्ट्रोल’, ‘भेन्टिलेटेड पावर्ड फ्रन्टसिट’ र ‘पावर टेलगेट’लगायतका फिचर छन् । साथै, सुरक्षाका लागि यसमा ६ वटा ‘एअर ब्याग’, ‘३६० डिग्री क्यामेरा’, ‘टायर प्रेसर मनिटरिङ’, ‘ट्रयाक्सन कन्ट्रोल’, ‘इएससी’, ‘हिल–स्टार्ट एन्डडिसेन्ट कन्ट्रोल’जस्ता फिचर छन् ।
प्रतिक्रिया दिनुहोस