aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेटा भी मूल्यको २० प्रतिशतमै उपलब्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असोज २०८०
नेटा भी मूल्यको २० प्रतिशतमै उपलब्ध

काठमाडौं । नेटा भी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरू २० प्रतिशतको डाउनपेमेण्टमा सहज रूपमा कर्जामा उपलब्ध हुने भएको छ ।

गाडी किन्दा ग्राहकहरूलाई छिटो, छरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारीसाधन कर्जा उपलब्ध गराउने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल भरका प्रभु बैंक, कामना सेवा बैंक, एनएमबी बैंक र नबिल बैंकबाट सहज कर्जा उपलब्ध हुने विक्रेताले जानकारी दिएको हो ।

कम्पनीका अनुसार यो योजना सिजी मोटर्सका सम्पूर्ण आधिकारिक विक्रेताबाट नेपालभरी लागूहुने भएकोले उपरोक्त सुविधा देशभर सबै शोरुममाबाट ग्राहकहरूले लिन सक्नेछन् ।

नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो । जसमा कम्पनीले ३८.५ किलोवाट पावर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ । जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्दछ ।

करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फूल चार्जमा ३८० किलोमिटरसम्मको रन्जे दिने कम्पनीको दाबी छ । विश्वकै ठुलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भी को ब्याट्रीसहित मोटरमा कम्पनीले १५०,००० किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ । प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जरको सुविधासमेत पाउनेछन् ।

यसका साथै हाल नेटा भी मा डिक्की फुल अफर भनि ग्राहक लक्षित योजना पनि चलिरहेको छ जसमा विभिन्न इलेक्ट्रोनिक उपकरणहरू उपहारको रूपमा ग्राहकहरूलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस