aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

पठाओ दशैं महोत्सवमा बोगटी र  सिंहले जिते यामाहा रे जेडआर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असोज २०८०
पठाओ दशैं महोत्सवमा बोगटी र  सिंहले जिते यामाहा रे जेडआर

काठमाडौं ।‘पठाओ दशैं महोत्सव-२०८० को बम्पर पुरस्कार अन्तर्गत पठाओ क्याप्टेन नवराज बोगटी र पठाओ राइडर विशन सिंह कोट्टारीले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर जित्न सफल भएका छन् ।

काठमाडौँ उपत्यकामा सेवा प्रदान गरिरहेका बाइक राइडर, पठाओ क्याप्टेन ९ट्याक्सी चालक० र पठाओ हिरो (फुड डेलिभरी पर्सन) गरि तोकिएको मापदण्ड पूरा गरेका कुल ५८५ जना मध्ये गोला प्रथाद्वारा बम्पर पुरस्कार प्रदान गरिएको हो ।

नेपालीहरुको महान चाड दशैंको अवसरमा तीन बर्ष देखि दशैं महोत्सव गर्दै आएको र आगामी दिनमा पनि यो कार्यक्रमको निरन्तरता दिइने पठाओ नेपालका प्रवन्ध निर्देशक असिम मान सिंह बस्न्यातले बताए ।

पठाओ नेपालसंग आवद्ध भइ फ्रन्टलाइनमा दिनरात घाम पानी नभनी खटिने साथीहरूको सम्मानमा बम्पर पुरस्कारको सहकार्य गरिएको र आगामी दिनमा पनि यस्ता सहकार्य जारी राखिने यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिका जनरल म्यानेजर (सेल्स एण्ड बिजनेस डेभलपमेन्ट) दिपक रौनियारले बताए ।

बिजेता दुबैजनालाई पठाओ नेपालका असिम मान सिंह बस्न्यात र एमएडब्लु इन्टरप्राइजेज प्रालिका दिपक रौनियारले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर हस्तान्तरण गरेका छन् ।

गोला प्रथाद्वारा प्रदान गरिएको बम्पर पुरस्कारको कार्यक्रम पठाओ नेपालको सामाजिक सन्जाल मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । बम्पर पुरस्कार बिजेता पठाओ क्याप्टेन नवराज बोगटी २०२२ मेमा पठाओमा आवद्ध भइ करिब ३ हजार ट्याक्सी राइड पुरा गरेका चालक हुन् ।

त्यस्तै बम्पर पुरस्कार कै अर्का बिजेता पठाओ राइडर विशन सिंह कोट्टारी २०२१ जनावरी देखि पठाओमा आवद्ध भइ ५ हजार बढी वटा बाइक राइड पुरा गरेका राइडर हुन् । उक्त दशैं महोत्सवको अफर असोजको ८ गते देखि २८ गतेसम्म चलेको थियो ।
 

प्रतिक्रिया दिनुहोस