
काठमाडौं । डीटीएच सेवा प्रदायक डिसहोमले दशैं अवसरमा वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरू एक्सक्लुसिभ प्रदर्शन गरिरहेको छ ।
यसै क्रममा डिशहोमले आफ्नो ग्राहकहरू लाई मनोरन्जन प्रदान गर्नको लागि दशैं स्पेशल शो अन्तरगत सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा ४ प्रदर्शन गर्दैछ ।
डिशहोमका सबै एक्टिभ ग्राहकहरूले बिनाकुनै अतिरिक्त शुल्क प्लस मुभीमा कार्तिक ३ र ४ गते बेलुकी ७ बजे यो चलचित्र निःशुल्क हेर्न सक्नेछन् । यस्तै दशैं मुभि फेस्ट अन्तर्गत घटस्थापनादेखि रमाइलो टिभी र प्लसमुभीमा दशैभर नयाँ-नयाँ नेपाली चलचित्र हेर्न सकिने डिसहोमले जानकारी दिएको छ ।
थप जानकारीका लागि ग्राहकहरूले डिसहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस