aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल लाइफको टिकटक प्रतिस्पर्धा, विजेताले ३० हजार पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ कार्तिक २०८०
नेपाल लाइफको टिकटक प्रतिस्पर्धा, विजेताले ३० हजार पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । तिमी यो दशैंमा के गर्छौ? नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरूले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ ।

हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरू छनौट गरि प्रथम, द्वितीय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ । प्रथम हुनेलाई नगद रु. तीस हजार, द्वितीयलाई रु. बीस  हजार र तृतीयलाई रु. दस हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । यस टिकटक प्रतिस्पर्धामा देशभरबाट इच्छुक सबैले यही कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नेछन् । 

दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ । 
यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले दशैंको पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरे । कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरू आयोजना गर्ने उनले बताए ।     

प्रतिक्रिया दिनुहोस