
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले निष्कासनको तयारी गरेको २०० प्रतिशत हकप्रद शेयर कात्तिक २ गतेसम्म कायम शेयरधनीहरूले मात्र भर्न पाउनेछन् । कम्पनीले उक्त हकप्रद शेयर निष्कासन प्रयोजनका कात्तिक ३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक २ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।
कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हाल कायम चुक्ता पूँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि असोज १८ गते अनुमति पाएको थियो । हकप्रद शेयर निष्कासनको मिति भने कम्पनीले हालसम्म तय गरेको छैन् ।
कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. ५५ करोड छ । हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात चुक्ता पूँजी रू. १ अर्ब ६५ करोड पुग्नेछ । सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवद्र्धित संखुवासभास्थित छुजुङ्ग खोला जलविद्युत् आयोजनामा लगानी गर्नका लागि कम्पनीले हकप्रद मार्फत पूँजी जुटाउन लागेको हो ।
प्रतिक्रिया दिनुहोस