aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल लाइफको टिकटकमा भाग लिइ पुरस्कार जितौं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ कार्तिक २०८०
नेपाल लाइफको टिकटकमा भाग लिइ पुरस्कार जितौं

काठमाडौं । नेपालकै अग्रणी एवम् सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । तिमी यो दशैंमा के गर्छौ ?

 नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ । हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३  प्रतिस्पर्धीहरु छनौट गरि प्रथम, द्वितिय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ ।

 प्रथम हुनेलाई नगद तीस हजार रुपैयाँ, द्वितियलाई  बीस  हजार रुपैयाँ र तृतीयलाई दस हजार रुपैयाँ पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ। यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले यहि मिति २०८० कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्ने छन । दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ । 

यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बडा दशैं २०८० को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन ।  कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्ने कुरा बताए ।  
 

प्रतिक्रिया दिनुहोस