
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता आईपीओ बिहीवार नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत भएको दोस्रो कारोबारदिनदेखि कारोबारयोग्य हुने कम्पनीको आईपीओ अब दशैपछि मात्र कारोबारमा आउनेछ ।
कम्पनीले सर्वसाधारण बैदेशिक रोजगारीमा रहेका नेपाली सामुहिक लगानी कोष र कर्मचारीहरुको लागि निष्कासन गरेको कुल १ करोड २३ लाख २ सय कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको १ करोड ८४ लाख ५० हजार ३ सय कित्ता गरेर कुल ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि रू. १४२ दशमलव ०१ देखि ४२६ दशमलव ०३ सम्मको ओपन तोकेको छ । यही ओपन रेञ्जका आधारमा कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल एसओएनए रहेको छ । साथै कम्पनीले शेयर सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा एनआइएमबि एस क्यापिटलबाट हुने जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस