
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा दुई कम्पनीले आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएका छन् । सोलु हाइड्रोपावर लिमिटेडले असोज २३ गते र टक्सार पिखुवाखोला हाइड्रोपावरले असोज २६ गते सेबोनमा निवेदन दिएका हुन ।
सोलु हाइड्रोपावरले २ करोड कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैकिङ्ग लिमिटेड रहेको छ । त्यस्तै टक्सार पिखुवाखोला हाइड्रोपावरले ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको हो ।
विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृती पाएपछि मात्रै यी दुबै कम्पनीले आईपीओ निष्कासन गर्नेछन् । पहिलो चरणमा स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि आईपीओ निष्कासन पछि दोस्रो चरणमा सर्वधारणमा निष्कासन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस