काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीवार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । सूचीकृत भएको दोस्रो कारोबारदिन देखि कारोबारयोग्य हुने यो शेयरसम्बन्धीत शेयरधनीको आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् ।
अब कम्पनीको यो हकप्रद शेयर दशैपछि मात्र कारोबार गर्न सकिनेछ । कम्पनीले गत असार २९ गते देखि साउन १८ गते सम्म निष्कासन गरेको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया दिनुहोस