aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लोकप्रिय ह्याचब्याक Citroen c3 को मूल्य घटाएको घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ कार्तिक २०८०
लोकप्रिय ह्याचब्याक Citroen c3 को मूल्य घटाएको घोषणा

एजेन्सी । चाडपर्वको अवसरमा फ्रान्सेली कार निर्माता कम्पनी Citroen ले आफ्नो लोकप्रिय ह्याचब्याक Citroen c3 को मूल्य घटाएको घोषणा गरेको छ । सि ३ को नयाँ मूल्यहरू विभिन्न भेरियन्टहरू अनुसार अक्टोबर ३१ सम्म बुक गरिएका कारहरूमा मात्र लागू हुनेछन्। शाइन भेरियन्टमा अधिकतम ५७ हजार रुपैयाँ भारुसम्मको छुट दिइएको छ ।

यसका साथै कम्पनीले आफ्ना अधिकृत डिलरसिपमा ‘केयर फेस्टिभल’ सेवा शिविर सुरु गरेको छ । जुन नोभेम्बर ४ सम्म चल्नेछ । Citroen c3 मा १.२ लिटर प्राकृतिक-एस्पिरेटेड पेट्रोल इन्जिन छ जसले 81BHP र 115 NM जेनेरेट गर्छ। यो इन्जिन ५ स्पीड म्यानुअल गियरबक्ससँग ट्युन गरिएको छ ।

कारमा १.२ लिटर टर्बो पेट्रोल इन्जिनको विकल्प पनि छ जसले १०९ बीएचपी र १९० एनएम टर्क जेनेरेट गर्छ। यसलाई ६ स्पीड म्यानुअल गियरबक्ससँग ट्युन गरिएको छ। कारमा हाल कुनै अटोमेटिक ट्रान्समिसन उपलब्ध छैन।

प्रतिक्रिया दिनुहोस