aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

छ वर्षपछि चलचित्र निर्देशनमा निश्चल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ कार्तिक २०८०
छ वर्षपछि चलचित्र निर्देशनमा निश्चल

काठमाडौं । चलचित्र निर्देशक निश्चल बस्नेत पुनः निर्देशनमा सक्रिय भएका छन । ‘लूट’ चलचित्र निर्देशनपछि चर्चित बन्नुभएका बस्नेत त्यसयता अभिनय, गायन, नृत्य र निर्माणमा पनि सक्रिय रहनुभयो । उहाँ हालै ‘दिमाग खराब’ चलचित्रमार्फत पुनः निर्देशनमै फकैका छन ।

दिमाग खराब चलचित्र सामाजिक र राजनीति विषयवस्तुमा आधारित रहेको निर्देशक बस्नेतको भनाइ छ । उनले भने, “मैले कुनै राजनीतिक मुद्दालाई कथा बनाएको होइन तर राजनीति भने मिसिएको छ ।” उनले चलचित्रमा देखिएका पात्र राजनीति वा त्यसको परिस्थितिका कारण सिर्जित हुने गरेको भन्दै चलचित्र विशुद्ध मनोरञ्जनका लागि निर्माण गरिएको बताए ।

“एउटा साधारण मान्छेको आफ्नै भोगाइहरु हुन्छ । देशप्रति आशा हुन्छ । यी सबै चिजहरुले कसरी एउटा साधारण मान्छेको दिमाग कसरी खराब हुनपुग्छ भन्ने विषयलाई चलचित्रको कथा बनाइएको छ”, उनले भने । बस्नेतले ‘टलकजंग भर्सेस टुल्के’ र ‘लुट २’ निर्देशन गरिसक्नु भएको छ ।

चलचित्र दिमाग खराबमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, सुमन कार्की, बिजय बराललगायतका कलाकारले अभिनय गरेका छन । साथै सुसन प्रजापतिले छायाङ्कन, आकाश बरालले पटकथा लेखन, जयन जे वाइवा र कालिप्रसाद बाँस्कोटाले सङ्गीत सिर्जना र निमेष श्रेष्ठले सम्पादन गरेका छन ।

प्रतिक्रिया दिनुहोस