aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु

  • रासस
    रासस
  • विहीबार, ०९ कार्तिक २०८०
क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्व पश्चिम सडकखण्डमा चुरियामाइतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना१क ६०५५ नको हाइड्रा क्रेन आफैँ अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियो । 

उक्त दुर्घटनामा घाइते भएका विश्रामपुर बस्ने वर्ष १८ का सहचालक विपिन महत्तोलाई उपचारको लागि हेटौंडा अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको  प्रहरी उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले  बताए । 

क्रेनले च्यापिएको अवस्थामा  रहेका उनलार्ई स्थानीयवासीको सहयोगमा निकालिएको थियो । पर्सा जिल्ला वीरगञ्ज महानगर पालिका ३० लालपर्सा बस्ने वर्ष ३० का चालक दशरथ पासवान भने सामान्य घाइते भएको उहाँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस