काठमाडौं । राइड सेयरिङरहेलिङ बिधामा स्थापित कम्पनी पठाओले आफ्ना सेवाका दायरा बढाउँदै जाँदा पुरानो लोगो परिवर्तन गरि नयाँ लोगो सार्वजनिक गरेको छ । नयाँ लोगोमा नगवेली बाटोरसडक थिममा पठाओको पहिलो अङ्ग्रेजी अक्षर पि लेखिएको छ । पहिलेको लोगोले राइड सेयरिङको अर्थ दिन्थ्यो भने नयाँ लोगोले समस्यादेखि समाधानको बाटोको अर्थ दिएको र यसले सबै सेवाहरुलाई सम्बोधन गर्ने पठाओ नेपालका प्रवन्ध निर्देशक असिम मान सिंह बस्न्यातले बताए ।
झोला बोकेर दुईपाङ्ग्रे साधन चलाइरहेको जस्तो देखिने पठाओको लोगो परिवर्तन भइ नयाँ लोगो सार्वजनिक भएको हो । नेपालमा ५ बर्षमा ६ वटा )पठाओ बाइक, पठाओ कार लाइट (ट्याक्सी), पठ(ओ फुड, पठाओ बजार, पठाओ टुकटुक, पठाओ पार्सल) सेवाहरु प्रदान गरिरहेको पठाओ आगामी दिनमा सेवा थप्दै सुपर एप बन्ने योजनामा रहेको बस्न्यात बताउँछन् ।
केही समय अगाडि काठमाडौँ उपत्यकामा सुरु भएको ुपठाओ पार्सलुलाई देशब्यापी बनाउने र डिजिटल बालेट पठाओ पे समेत सुरु गरिने यस अगाडि नै पठाओ नेपालले जानकारी गराइसकेको छ । लोगो परिवर्तनले सेवाग्राहीमा नयाँपनको आभास गराउने बस्न्यात बताउँछन् । पठाओको नयाँ लोगो बिश्वब्यापी रुपमा अक्टोबर २५ देखि लागू भैसकेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस