aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

चन्द्रागिरीमा प्याराग्लाइडिङ शुरू, कति लाग्छ शुल्क ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ कार्तिक २०८०
चन्द्रागिरीमा प्याराग्लाइडिङ शुरू, कति लाग्छ शुल्क ?

काठमाडौं । काठमाडौं उपत्यका नजिकको चर्चित हिल स्टेशनु चन्द्रागिरीमा प्याराग्लाइडिङको ब्यवसायिक उडान सुरू भएको छ । हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी बाबु एड्भेन्चर्सुले  प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो । 

सगरमाथाको आरोहण गरी शिखरबाटै प्याराग्लाइडिङ उडान गरेर समुन्द्रसम्म पुगेका सुनुवार नेसनल जियोग्राफ्रीबाट  एडभेञ्चर्स अफ इयर–२०१२ अवार्ड विजेता समेत हुन् । 

भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङ उडान सुरू हुने सुनुवार बताउँछन् ।  चन्द्रागिरी (२३ सय मिटर)बाट सुरू भएको उडान त्यहाँबाट आकासमा सय मिटरसम्म उचाइ लिन्छ । अद्भुत दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण गरिन्छ ।

प्याराग्लाइडिङ उडानका क्रममा  भालेश्वर मन्दिरको ुएरियल भ्युुका साथै काठमाडौं उपत्यकाको अधिकांश भुभागको अवलोकन गर्न सकिनेछ । रसुवा र धादिङका भुभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको  समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेको बेला उत्तरतर्फ देखिने फराकिलो हिमश्रृङ्खलाने जो कोहिलाई मोहित बनाउँछ । 

उडानको अधिकांश समय जंगलमाथि हुने भएकाले  जंगलको हरियाली त्यहाँको अर्को मज्जा हो । सरकारी अनुमति अनुसार, कम्पनीले एकैपटकमा १२ प्याराग्लाइडर उडाउन सकिने सुनुवार बताउँछन् । दिनमा करिब सय जनासम्मलाई सेवा दिन सकिने उनले बताए । 

स्याङ्जाको स्वरेक मैदानमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गरिरहेका सुनुवार साहसिक हवाई पर्यटन नेपालभर सम्भव भएको र काठमाडौंमा उपत्यकाबासीलाई पनि प्यारा उडानको स्वाद चखाउन चन्द्रागिरीमा लगानी गरेको बताउँछन् । 

उनले भने,‘नेपालभरि प्याराग्लाइडिङ फैलाउने अभियान छ । काठमाडौँमा जनघनत्व धेरै भएकाले यसको छिटो र प्रभावकारी सन्देश फैलाउन सकिनेमा म आशावादी छु ।’

कम्पनी ुक्रस कन्ट्रीु उडाउन गराउन समेत तयारी अवस्थामा रहेको उनले बताए । चन्द्रागिरीमा प्याराग्लाइडिङ सञ्चालनका लागि हालसम्म करिब डेढ करोड लगानी भैसकेको र लगानी अझै बढ्ने उनको भनाइ छ ।

अनुसन्धान, कागजी प्रक्रिया र भौतिक तयारी गरि करिब ६ वर्षको प्रयासमा चन्द्रागिरीमा प्याराग्लाइडिङ सुरू गर्न सफल भएको सुनुवारले जानकारी दिए ।

कति लाग्छ शुल्क ?
कम्पनीले चन्द्रागिरीमा प्याराग्लाइडिङमा उड्नका लागि प्रतिव्यक्ति ८ हजार रुपैयाँ  शुल्क कायम गरेको छ । सो शुल्कमा १५ देखि २५ मिनेटको प्याराग्लाइडिङ उडान, सो अवधिको फोटो तथा भिडियोका साथै गाडिमा काठमाडौंबाट प्याराग्लाइडिङ स्थलसम्मको जाने(आउने सुबिधा उपलब्ध हुनेछ । फोटो र भिडियोको उपकरणको प्रवन्ध कम्पनीले नै गर्छ ।

 सोही प्याकेजका लागि विदेशी नागरिकले १२ हजार रुपैयाँ प्रतिव्यक्ति शुल्क तिर्नुपर्ने सुनुवारले जानकारी दिए ।कम्पनीको सवारीमा जाने(आउने सुबिधा नलिने नेपाली पर्यटकले ७ हजार २ सय रुपैयाँ तिरेरै प्याराग्लाइडिङ उडानको मज्जा लिन पाउनेछन् । 

के ख्याल गर्ने ?
प्याराग्लाइडिङ उडानमा जाँदा हावा नछिर्ने ज्याकेट र कालो चस्माको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसो हुँदा उडानका क्रममा हावाको वेगले तपाईंलाई अप्ठ्यारो बनाउँदैन । यस्तै, उडान ुटेक अफु को समयमा दौडनुपर्ने भएकाले चप्पलभन्दा जुत्ता लगाउनु उत्तम हुन्छ ।

प्रतिक्रिया दिनुहोस