aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

किसानलाई धान भित्र्याउने चटारो

  • श्यामसुन्दर गौरो
    श्यामसुन्दर गौरो
  • शुक्रबार, १० कार्तिक २०८०
किसानलाई धान भित्र्याउने चटारो

काठमाडौं । दशैं सकिएसँगै काठमाडौं उपत्यकाका किसानहरुलाई धान भित्र्याउने चटारो छ । काठमाडौं, ललितपुर र भक्तपुरका किसानलाई कात्तिक लागेसँगै खेतका धान पाकेपछि भित्र्याउन चटारो भएको हो । गत वर्षको तुलनामा यो वर्ष धानको उत्पादन राम्रो भएको तलितपुर ललितपुरको महालक्ष्मीनगरपालिकाका किसान बताउँछन् ।

तलितपुरका किसान बिहानदेखि बेलुकीसम्म नै धान काट्ने, चुट्ने, निफन्ने, कुन्यू लगाउने लगायतको काममा नै व्यस्त देखिन्छन् । कामदार नपाउँदा धान भित्र्याउन गाह्रो भएको उनीहरुको गुनासो छ ।  

प्रतिक्रिया दिनुहोस