aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सन्नी देओल रामायणमा हनुमान बन्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० कार्तिक २०८०
सन्नी देओल रामायणमा हनुमान बन्ने

एजेन्सी । सन् २०२३ सन्नी देओलको लागि ब्लकबस्टर भएको छ किनभने गदर २, अमिषा पटेल र उत्कर्ष शर्मासँगको उनको २००१ फिल्मको सिक्वेल रिलीज भएको थियो ।  जसले बक्स अफिसमा ५०० करोड भारुभन्दा बढी कमाएको थियो। जबकि यसको बजेट ६० करोड मात्रै थियो । यति मात्र होइन, ५० दिन सिनेमाघरमा  चलेर फिल्मको क्रेज अझ पनि समाप्त हुन सकेको छैन । यसपछि सनी देओलले आफ्नो पारिश्रमिक बढाएको खबर आएको थियो । 

हालै नितेश तिवारीको मेगा बजेट फिल्म रामायणका लागि सनी देओल छनोट भएको खबर आएको थियो । जसमा उनको भूमिका हनुमानको हुनेछ । यद्यपी यस सम्बन्धमा आधिकारिक जानकारी भने आउन सकेको छैन । तर अब गदर २ अभिनेताको पारिश्रमिकसँग सम्बन्धित अपडेट आएको छ । उनले यो फिल्म ४५ करोडमा मात्र गर्दैछन् । यति मात्र होइन, सनी देओल हनुमानको चरित्रका लागि शरीर मसेत परिवर्तन गर्न पनि तयार रहेको खबर बाहिर आएको छ । 

प्रतिक्रिया दिनुहोस