
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । संस्थाले कात्तिक २१ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको हो ।
संस्थाले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता शेयर निष्काशन गर्न लागेको जनाएको छ । एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा एक हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल लघुवित्तको चुक्ता पूँजी २२ करोड ९० लाख २० हजार ६१८ रुपैयाँ २९ पैसा रहेको छ । एफपीओ निष्काशनपश्चात यस संस्थाको चुक्ता पूँजी २४ करोड ६८ लाख ६५ हजार ७३६ रुपैयाँ ३२ पैसा पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस