aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

डिस मिडिया नेटवर्कले हकप्रद निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ कार्तिक २०८०
डिस मिडिया नेटवर्कले हकप्रद निष्कासन गर्ने

काठमाडौं । डिसहोम सेवा प्रदान गरिरहेको डिस मिडिया नेटवर्कले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सहित विशेष साधारणसभा आव्हान गरेको छ । कम्पनीले कार्तिक २० गते विशेष साधारणसभा आव्हान गरेको हो ।

आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको कम्पनीले हकप्रद शेयर निष्कासनको समेत तयारी गरेको हो । कम्पनीले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा २०८० असार १२ गते निवेदन दिएको थियो । 

कम्पनीले १ करोड ३५ लाख ८४ हजार ९ सय ५५  कित्ता शेयर निष्कासन गर्न निवेदन दिएको हो ।  विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस