aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

उखु किसानलाई समयमै भुक्तानी दिन सरकारको ध्यानाकर्षण

  • रासस
    रासस
  • मंगलबार, १४ कार्तिक २०८०
उखु किसानलाई समयमै भुक्तानी दिन सरकारको ध्यानाकर्षण

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु देउवाले उखु किसानले समयमै भुक्तानी प्राप्त गर्ने वातावरण निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन । 

समितिको आजको बैठकमा सभापति देउवाले साना, मझौला र ठूला किसानको पहिचान छुट्याएर आवश्यक अनुदान तथा ऋण उपलब्ध गराउनुपर्नेमा  जोड दिए । उनले किसानलाई अनुदान  उपलब्ध गराउनुपर्नेमा जोड दिँदै बजेटको अभावमा किसान कार्यक्रम सञ्चालन हुन नसकेको बताए । साथै, उनले कृषि क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई आग्रह गरे ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव  रेवतीरमण पौडेलले बैंक तथा वित्तीय संस्थाबाट किसानलाई सहजरूपमा ऋण उपलब्ध हुनुपर्ने बताए ।अर्थसचिव रामप्रसाद घिमिरेले किसानलाई दिएको अनुदान र सहुलियत ऋणबारे समीक्षा गर्न आवश्यक भएको बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले छिमेकी मुलुक भारतलाई चिनीको आयात खोलिदिन भारतलाई आग्रह गरेको बताए । 

प्रतिक्रिया दिनुहोस