aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

पुष्पमेलामा व्यापार नहुँदा व्यवसायी खिन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ कार्तिक २०८०
पुष्पमेलामा व्यापार नहुँदा व्यवसायी खिन्न

काठमाडौं ।  तिहार आउन दुई साता बाँकी रहँदा भृकुटीमण्डपमा फूलको उत्सव चलिरहेको छ । नर्सरी व्यवसायी सङ्घले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो’ मा अवलोकनकर्ताको भीड लागे पनि फूलको सोचेजस्तो बिक्री नभएपछि व्यवसायी खिन्न भएका छन् । 

ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको सुवास नर्सरीका सञ्चालक सुवास लामा प्रदर्शनीमा अवलोकनकर्ताको भीड लागे पनि बिक्री उत्साहजनक नरहेको बताउछन । उनले भने, “गोदावरी, ‘इनडोर तथा आउटडोरका प्लान्ट’ राखिएको छ, तर अवलोककर्ता खरिद नगरी फर्कन्छन् ।” नर्सरी व्यवसायी लामाले आफ्नो बिक्री कक्षमा रु एक सय ५० देखि तीन हजार पाँच सयसम्मका फूल बिक्रीमा राखेका छन । 

रेड रोज नर्सरीका सञ्चालक मिलन कार्की मौसमी तथा बेमौसमी फूल बिक्रीमा राखिए पनि अवलोककर्ताले बेमौसमी फूलहरु बढी किन्ने गरेको सुनाए । उहाँले भन्नुभयो, “स्टलबाट प्रचारप्रसार राम्रै भएको छ । धेरैजना बेमौसमी फूल किन्न आउने गरेका छन् । उपभोक्ताले सस्ता फूल खोजेका छन् ।” 

 प्रदर्शनी हेर्न    चाँगुनारायणबाट आउनुभएका विजय उपाध्याय फूल महँगा भएको गुनासो गरे । प्रदर्शनीमा बेचिने फूल नर्सरीकाभन्दा सस्ता हुनुपर्ने उनी बताउछन ।  ‘तिहारको महोत्सव, फूलको उत्सव’ नारासहित मङ्गलबारदेखि प्रदर्शनी जारी छ । शनिबारसम्म सञ्चालन हुने प्रदर्शनीमा ६२ वटा नर्सरी कक्ष छन् ।

प्रतिक्रिया दिनुहोस