aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट, ८५ हजार ९३० जनाले पाए शेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ कार्तिक २०८०
चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट, ८५ हजार ९३० जनाले पाए शेयर

काठमाडौं ।  चिरख्वा हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओ  बाँडफाँट भएको छ । बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले बिहीवार दिउँसो १ बजे कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । 

बिक्री प्रबन्धकका अनुसार कम्पनीको  आईपीओ खरीदका लागि कुल ११ लाख ३४ हजार ९१७ जनाको आवेदन परेको थियो । जस मध्ये २ हजार ३८१ जनाको आवेदन रद्द भएको छ । योग्य ११ लाख ३१ हजार ९३६ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँट गरिएको हो । 

जस अनुसार ८५ हजार ९ सय ३० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । कम्पनीले असोज २३ देखि २६ गतेसम्म सर्वसाधारणमा ८ लाख ५९ हजार ३ सय कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले भोजपुर जिल्लामा ४.७ मेगावाटको अपर चिरख्वा हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस