काठमाडौं । इलेक्ट्रीक स्कुटर ब्राण्ड एथर नेपालमा आइतबार सार्वजनिक हुने भएको छ । नेपालका लागि एथल स्कुटरको आधिकारीक वितरक वैद्यज अर्गनाइजेशनले उक्त विद्युतीय स्कुटर नेपालमा सार्वजनिक गर्न लागेको हो ।
वैद्य अर्गनाइजेशनले नेपालमा सर्वाधिक सफल टोयोटा गाडी बिक्री गर्दै आएको छ । टोयोटा गाडी बिक्री गर्दै आएको कम्पनी दुई पाङ्ग्रे विद्युतीय सवारीसाधन तर्फ पनि प्रवेश गरेको छ ।
वैद्य आर्गनाइजेशन उक्त स्कटर ब्रान्डको आधिकारीक विक्रेतामा नियुक्त भएसँगै नेपालमा पहिलो मोडलको रुपमा ‘४५० एक्स’ ल्याएको छ । एथरको सफल मोडल ‘४५० एक्स’ २.(९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री अप्सन सहित नेपाल आएको छ । ७ इन्चको टीएफटी डिस्प्ले रहेको यो स्कुटर निकै आकर्षक देखिन्छ ।
९० किलोमिटर प्रतिघन्टाको टप स्पिड रहेको यो स्कुटरमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप लगायतका फिचर दिइएको छ । सिंगल चार्जमा १४६ किलोमिटरसम्म रेन्ज रहेको यो स्कुटर केहि समय भित्रै नेपाल आउने जनाइएको छ । हाल मूल्य भने खुलाइएको छैन ।
प्रतिक्रिया दिनुहोस